घोडेजात्रा स्थगित

डिसी नेपाल
११ चैत २०७६ १२:११

काठमाडौं । नेपाली सेनाले हरेक वर्ष मनाउदै आएको घोडेजात्रा स्थगित गरेको छ । सबै तयारी पूरा गरेपनि सरकारले लकडाउन गरेपछि घोडेजात्रा स्थगित गरेको हो । यसअघि सेनाले आन्तरिक रुपमा घोडेजात्रा मनाउने निर्णय गरेको थियो ।

नेपाली सेनाद्वारा प्रत्येक वर्ष टुँडिखेलस्थित सैनिक मञ्चमा विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रमहरु सहित मनाउने गरिएको राष्ट्रिय पर्व ‘घोडेजात्रा समारोह’हाल विश्वमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९ को जोखिमलाई मध्येनजर गरि यस वर्षको सो समारोह स्थगित गरिएको सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *