चेम्बरद्वारा सरकारलाई ५० हजार थान मास्क हस्तान्तरण

डिसी नेपाल
१२ चैत २०७६ १९:५६

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सरकारलाई ५० हजार थान सर्जिकल मास्क उपलब्ध गराएको छ । चेम्बरले उत्पादन गरेका ती मास्क उपाध्यक्ष दीपक मल्होत्राले बुधबार स्वास्थ्य सेवा विभागलाई हस्तान्तण गरे ।

चेम्बरले यसअघि नै दैनिक ५० हजार मास्क उत्पादन गरी सरकारलाई उपलब्ध गराउने बताएको थियो । बिहीबार पनि विभिन्न जिल्लामा मास्क वितरण गरिने चेम्बरले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *