भारतमा कोरोनाभाइरस संक्रमणको डरलाग्दो प्रक्षेपण, ३ महिनामा २५ करोड संक्रमित हुने

डिसी नेपाल
१४ चैत २०७६ १२:२९

काठमाडौं। कोरोनाभाइरसको प्रकोप विश्वभर बढिरहेका बेला भारतको विषयमा एक डरलाग्दो प्रक्षेपण सार्वजनिक भएको छ । अमेरिकाको जोन हप्किन्सन विश्वविद्यालय र द सेन्टर फर डिजिज डायनेमिक्स एण्ड पोलिसीले सार्वजनिक गरेको अध्ययनको रिपोर्टका अनुसार भारत कोरोनाभाइरसको निकै ठूलो जोखिममा छ । यो अध्ययनमा भारतमा आगामी ३ महिनामा २५ करोड मानिसहरु यो भाइरबाट संक्रमित हुन सक्ने खतरा औंल्याइएको छ ।

यो अध्ययनका लागि भारतका आधिकारिक वेबसाइटको तथ्यांकको प्रयोग गरिएको छ । यो रिपोर्टका अनुसार भारतमा यो भाइरसको डरलाग्दो प्रकोप समाप्त हुन जुलाइको अन्त्यदेखि अगष्टको मध्यसम्मको समय लाग्नेछ । यो अध्ययनमा भारतका ५ राज्यको ग्राफसमेत बनाएर देखाइएको छ । रिपोर्टका अनुसार भारतमा सबैभन्दा धेरै मानिसहरु अप्रिलको मध्यदेखि मेको मध्यसम्म संक्रमित भएर अस्पतालमा भर्ना हुनेछन् । त्यसपछि जलाइको मध्यसम्म यो संख्या कम हुँदै जानेछ । अगष्टसम्म प्रकोप समाप्त हुने अपेक्षा गरिएको छ ।

यो ग्राफका अनुसार भारतमा संक्रमणको दर सबैभन्दा उच्च भएमा २५ करोडसम्म मानिसहरु भाइरसबाट संक्रमित हुनेछन् र यीमध्ये २५ लाख मानिसहरु अस्पतालमै भर्ना हुनेछन् । संक्रमणको दर मध्यम रहेमा करिब १८ करोड मानिहरु संक्रमित हुनेछन् । यीमध्ये १७ देखि १८ करोड अस्पतालमै भर्ना गर्नुपर्ने अवस्थामा हुनेछन् । संक्रमण फैलिने दर न्यून रहेमा पनि करिब १२ करोड मानिसहरु भाइरसबाट संक्रमित हुने र यीमध्ये करिब १३ लाख मानिसहरु अस्पतालमै पुग्नेछन् ।

अध्ययनमा उल्लेख भए अनुसार अहिलेसम्म भारतमा कति जना संक्रमित छन् भन्ने यकिन तथ्यांक छैन किनभने कैयौ मानिसहरु एसिम्टोमेटिक छन् अर्थात उनहिरुको शरीरमा भाइरस भएर पनि लक्षण देखिएको छैन । जसको अर्थ हुन्छ अहिले बाहिरिएको तथ्यांकभन्दा संक्रमितको संख्या धेरै छ । उनहिरुमा कोरोनाको लक्षण भए पनि हल्का स्तरमा देखिएको छ । उनीहरुमा यी लक्षण बढेपछि मात्र उनीहरुको परीक्षण हुँदा संक्रमण भएको थाहा हुनेछ ।

अध्ययनले सामाजिक रुपमा दूरी बढाउने बाहेक यो भाइरसबाट बच्ने अन्य कुनै उपाय बताएको छैन । अध्ययनका अनुसार भारतमा उपचारको लागि १० लाख भेन्टिलेटरको आवश्यकता हुनेछ । तर, भारतमा अहिले ३० देखि ५० हजार मात्र भेन्टिलेटर छन् । अमेरिकामा १ लाख ६० हजार भेन्टिलेटर हुँदा पनि अपुग भइरहेको छ जबकि अमेरिकाको जनसंख्या भारतको भन्दा धेरै कम छ ।

अध्ययनका अनुसार भारतका सबै अस्पतालमा आगामी तीन महिना अत्याधिक चाप हुनेछ । भारतले पनि चीनले जस्तै अस्थायी अस्पताल बनाउनु पर्नेछ । अर्कोतफ अस्पतालबाट संक्रमण नफैलियोस् भन्ने कुराको पनि ख्याल गर्नुपर्नेछ । अध्ययनले भारतमा भइरहेको जाँचको प्रक्रियालाई पनि ढिलो भनेको छ । अध्ययनमा भारतमा उपचारका लागि आवश्यक मास्क, हेजमट शुज, फेस गियर आदि पर्याप्त नभएको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *