आजबाट मौसममा सुधार आउने

डिसी नेपाल
१५ चैत २०७६ ११:५६

काठमाडौँ । पश्चिमी न्यूनचापीय वायुको प्रभावले केही दिनयतादेखि प्रभावित मौसम आजदेखि सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

उक्त न्यूनचापीय प्रणाली आजदेखि बाहिरिने क्रम शुरु भएकाले मौसम सुधार हुँदै जाने मौसमविद् गङगा नगरकोटीले बताउनुभयो । प्रिमनसुनको समय भएकाले पहाडी भू–भागको मौसम अपराह्न तथा साँझपख परिवर्तन भइरहन्छ । उहाँका अनुसार प्रिमनसुनको प्रवृत्ति दिनमा घाम लाग्ने अपराह्न वा साँझपख मेघगर्जन चट्याङसहित क्षणिक वर्षा हुने हुन्छ । तत्काल भारी वर्षाको सम्भावना नरहेको बताइएको छ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिम र मध्य भूभागका केही स्थानमा हल्का वर्षा भएको जनाएको छ । भोलि देशको पहाडी भूभागमा आंशिक बदली भई बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सफा रहने बताएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ न्यूनतम तापक्रम १४ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २९ दशमलव ६ डिग्री सेल्सियस रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *