चीनबाट कोरोना परीक्षण गर्ने १३ हजार केजी स्वास्थ्य सामाग्री ल्याइयो

डिसी नेपाल
१६ चैत २०७६ ९:४१

काठमाडाैं। राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजमार्फत चीनको ग्वाङजाओबाट मेडिकल सामग्री नेपाल ल्याइएको छ।

औषधि उपचारजन्य सामग्री लिन निगमको वाइडबडी जहाज शनिबार दिउँसो ग्वाङ्जाओ गएको थियो। मेडिकल सामग्री बोकेर आएको वाइडबडी जहाज आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको निगमले जनाएको छ । उक्त जहाज आज बिहान ५ः०० बजे काठमाडौँ आइपुगेको थियो।

निगमका अपरेशन विभाग प्रमुख दीपु जुहार्चनका अनुसार ग्वाङ्जाओबाट करिब १३ हजार स्वास्थ्य सामग्री ल्याइएको छ। जुहार्चनले निगमका लागि शनिबार विशेष दिन भएको सामाजिक सञ्जाल फेसबुकमा ‘स्टाटस पोष्ट’ गरेका छन्।

उनले देश लकडाउनको अवस्थामा शनिबार निगमले बिहानदेखि लुक्लामा अलपत्र ७० विदेशी पर्यटकको उद्धार, नेपालगञ्जबाट कोभिड–१९ का स्वाब नमूना ल्याई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण र चीनको ग्वाङ्जाओबाट लगभग १३ हजार केजी स्वास्थ्य सामग्री एयरलिफ्ट गरी काठमाडौँ ल्याएको बताएका छन्।

वाइडबडी जहाजले कोभिड–१९ परीक्षण गर्ने किट र पिपीइलगायतका औषधिजन्य सामग्री ल्याएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले अत्यावश्यक औषधि र अन्य मेडिकल उपकरण ल्याइएको जानकारी दिए। एक लाख पिपीई, ५० हजार कोभिड परीक्षण किट तथा व्यक्तिगत सुरक्षा उपकरण ल्याइएको छ।

 

 




प्रतिक्रिया

One thought on “चीनबाट कोरोना परीक्षण गर्ने १३ हजार केजी स्वास्थ्य सामाग्री ल्याइयो

  1. मेरो देश नेपाल हो। मैले इटालियनसंग बिहे गरेको हो। बिहेको हिसाबले , श्रीमानको घर मेरो पनि घर , इटाली मेरो पनि देश हुना पर्थेेयो। तर , मैले नेपाली नागरिकता नै कहिलेयै पनि फल्दिना ( भन्नुको मतलब मेरो Nepal Passport हो, मेरो आयु 200 को छैना , मलाई अर्को citizenship or passport को आबश्यकता नै पर्दैन ) । मैले भन्न खोजेको कुरो एहि हो :- Korona Virous खतरनाक छ, खतरनाक भए पनि आफु सजग हुँदा , धेरै मेहनत र बुद्धि पुर्याउँदा , तेस्लाई पछार्न सकिदो पनि रहिछ :- मेरो श्रीमान ( Italian ) लाई लागेको थियो , 2 महीनाको बिभिन्न कडा अभ्यास पछि , उहां निको भएर , घर आइसक्नु भयो। (क ) बिभिन्न कडा अभ्यास भन्दा अगाडी नै सके सम्म , जोगिने र जोगाउने प्रयास गरौ (ख ) यदि लागि हालेमा :- बिभिन्न कडा अभ्यास :- औषधिहरुको सेवन , पानी , आराम , गर्न पर्ने सबै कामहरु अल्छी नमानी , दुःख नमानी गरौ :— निको हुन्छ , मैले मेरो श्रीमान निको भको प्रमाण बताईहाले। (ग ) सक्नु हुन्छ भने , धेरै थोरै पैसा जोगाएर , नेपाली लाई नै सहयोग गर्नी पनि गरौ , ” ठीक खाए बल र राम्रो जीवन। धेरै खाए “मल ” रोगी र भद्दा जीवन ” भन्ने भनाई नै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *