नेपाल भारत नाकमा अलपत्र परेका नेपालीलाई प्रवेश गर्न दिइने

डिसी नेपाल
१६ चैत २०७६ १६:५७

काठमाडौं। कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले नेपाल भारत सीमा नाकामा रहेका नागरिकलाई लगत संकलन गरेर छिर्न दिने निर्णय गरेको छ ।

दशगजा क्षेत्रमा राखिराख्न उपयुक्त नभएको र नेपाली नागरिकको अवस्था नाजुक भएकाले उनीहरुलाई स्थानीय सरकारलाई जिम्मा लगाउने गरी छिर्न दिने निर्णय गरेको ।

बैठकले स्थानीय सरकारले अनिवार्य क्वारेन्टाइनमा राख्ने लगाउने गरी उनीहरुलाई नेपाल प्रवेश गर्न दिने भएको हो । नेपाल र भारतको सीमावर्ती भारतीय भूमि धार्चुलामा ३ सय भन्दा धेरै नेपाली अलपत्र परेका छन्।

कोभिड १९ बाट जोगिन नेपाल–भारत सीमा नाका बन्द गरिएपछि विभिन्न क्षेत्रबाट मजदुरी गरेर घर फर्किएका नेपाली सीमापारी अलपत्र परेका हुन्।

उनीहरुलाई ध्यानमा राखेर समितिले यस्तो निर्णय गरेको जनाएको छ । यसअघि कैलालीको त्रिनगरबाट करिब २ हजार नागरिकलाई नेपाल प्रवेश अनमति दिइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *