आकस्मिक सेवामा आएका विरामी फर्काउने अस्पताललाई कारवाही हुन्छ : प्रवक्ता डा.देवकोटा

डिसी नेपाल
१६ चैत २०७६ १८:५५

काठमाडौं । आकस्मिक सेवामा आएका विरामी फर्काउने अस्पतालाई सरकारले कारवाही गर्ने भएको छ । आइतबार स्वास्थ्य तथा जनासंख्या मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले संकटको अवस्थामा विरामी फर्काउने अस्पताललाई कारहवाही हुने बताएका हुन् ।

देशका विभिन्न स्थानमा सामान्य ज्वरो खोकी लागेका विरामीले पनि उपचार नपाउने र अस्पतालले गेटबाट नै फिर्ता गराउने गरेको विषय तर्फ मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएके बताउदै, त्यसो नगर्न निजी अस्पतालहरुलाई आग्रह समेत गरेका छन् । आकस्मिक सेवा लिन आएका विरामीलाई नर्फकाउन र स्वास्थ्य सेवा प्रदान गर्न सबैलाई अपिल गर्दे उनले मन्त्रालयलाई कडा र थप कदम चाल्न बाध्य नबनाउन आग्रह गरे ।

डा. देवकोटाले बुटवलमा क्वारेन्टाईनमा बसेकाको मृत्यु भएको सम्बन्धमा नमुना परीक्षणकै क्रममा रहेको जानकारी दिएइका छन् । स्वास्थ्य मन्त्रालयले खरिद गरेका र चिनिया दुतावास, सिचुवान प्रान्त, अलिबाबा लगायतबाट अनुदानमा आएका व्यक्तिगत सुरक्षा सामाग्री र प्रयोगशालामा नमुना परीक्षणका लागि प्रयोग हुने सबै सामानलाई आजै वितरण गरिने पनि उनले जाकारी दिए ।

प्रवक्ता देवकोटाले अहिले सम्म ९ सय १७ वटा नमुना परीक्षण भएको पनि जानकारी दिए । पोजेटिभ आएका चौथो र पाचौ केसको ट्रेसिङ गर्ने काम भईरहेको तथा कुनै पनि पोजेटिभ केसमा स्वास्थ्य सम्बन्धि जटिलता नदेखिएको बताए । उनले प्रतिघण्टा ३० वटाको दरले १११५ र ११३३ मा आएका कलहरुको सम्बोधन हुने गरेको बताए ।

मन्त्रालयले हाम्रो स्वास्थ्य नामको एप्लिकेसन सञ्चालनमा ल्याएको छ । यसमा सोधपुछ गर्नुको साथै लक्षण राखेर जोकसैले कोरोना भाइरसको स्वमुल्यांकन गर्न सक्ने तथा, अस्पतालको विवरण, नमुना परीक्षण लगायतको जानकारी प्राप्त गर्न सकिने उनले जानकारी दिए । मन्त्रालयले संचार र समन्वयको विभाग, शंकास्पद विरामीको खोज र टे«ेसिङ गर्ने गरि विभिन्न ५ वटा टिम बनाएर काम गरिरहेको पनि जानकारी पनि दिए ।

यस्तै, मन्त्रालयले कोभिड १९ को उपचारका लागि आवश्यक स्वास्थ्य सामाग्री तथा औजार खरिदमा अनियमितता नभएको स्पष्ट पारेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले सामान खरिदमा कुनै अनियमितता नभएको दाबी गरे । विश्वभर कोरोना भाइरसको संक्रमण फैलिएको र यसको जाँचका लागि आवश्यक औषध र औषधीजन्य सामान अभाव भएको भन्दै उनले अभावकाबीच किन्दा मूल्य केही बढी हुन सक्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *