श्रमिक मजदुरलाई घरभाडा छुट गराउने सरकारको निणर्य

डिसी नेपाल
१६ चैत २०७६ २३:२७

काठमाडौं । सरकारले शहरी क्षेत्रमा असंगठित श्रमिक मजदुरलाई सम्बन्धित घरधनीले घरभाडा छुट गराईदिन औपचारिक रुपमै आग्रह गरेको छ । आइतबार साँझ बसेको मन्त्रीपरिषदको वैठकले घरभाडा छुट दिन आग्रह गर्ने निर्णय गरकोे सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

बैठक पछि पत्रकारसँग कुरा गर्दै डा. खतिवडाले यसरी मिनाहा गरिएको घर भाडामा घरवहाल करसमेत नलाग्ने व्यवस्था पनि सरकारले गर्ने बताए ।

यस्तै, कोभिड १९ को उपचारको लागि प्रयोग हुने औषधी, औजार, पञ्जा, सेनिटाईजर, पिपिईको आपुर्ति तथा अस्पतालको क्षमता विस्तार समेतको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई थप बजेट उपलब्ध गराउने, संक्रमणको संभावना भएका व्यक्तिहरुलाई राखिने सामुहिक क्वारेन्टाईन संञ्चालन एवं क्वारेन्टाईनमा राखिने व्यक्तिको खाना खर्च स्थानीय तह र संघीय सरकारले व्यहोर्ने गरि थप व्यवस्था मिलाउने निणर्य पनि सरकारले गरेको छ ।

डा. खतिवडाका अनुसार सरकारले कोरोना संक्रमणको रोकथाम, नियन्त्रण र उपचारमा संलग्न हुने चिकित्सक, नर्स, स्वास्थ्य प्राविधिक, महिला स्वास्थ्य स्वयम सेविका,स्वयमसेवक तथा सरसफाईमा संलग्न हुने श्रमिक, एम्बुलेन्स चालक र प्रत्येक्ष रुपमा संलग्न हुने सुरक्षाकर्मीलाई २०७७ असार मसान्त सम्मका लागि २५ लाख सम्मको निशुल्क विमा र क्षतिपुर्ति दिने व्यवस्था गर्ने भएको छ । साथै उपचारको क्रममा आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामाग्रीहरु निशुल्क उपलब्ध गराउने व्यवस्था मिलाईने भएको छ ।

सरकाले निजी स्वास्थ्य सेवा संस्थालाई आवश्यक स्वास्थ्य उपकरणको आपुर्तिको सुनिश्चित गरी आफ्ना सबै प्रकारका स्वास्थ्य सेवा सुचारु राख्न र आफ्ना सबै प्रकारको सेवा शुल्कमा चैत मसान्त सम्मको बिल बमोजिमको रकममा २० प्रतिशत छुट दिने व्यवस्था मिलाउन भनेको छ ।

निजी विद्यालयले माध्यमिक तह सम्मको एक महिनाको शुल्क छुट दिने व्यवस्था मिलाउने समेतको निर्णय सरकारले गरको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *