सशस्त्रको अस्पतालका बिरामीलाई सेना र प्रहरी अस्पतालमा सार्ने तयारी

डिसी नेपाल
१७ चैत २०७६ १९:०७

काठमाडौं । सशस्त्र प्रहरीको सतुङगलस्थित अस्पतालमा रहेका विरामीलाई नेपाल प्रहरी र नेपाली सेनाको अस्पतालमा सार्नै तयारी भएको छ । सरकारले कोभिड–१९ (कोरोना ) भाइरस संक्रमितहरुका लागि डेडिकेडट अस्पताल तोकेपछि त्यहाँ रहेका सशस्त्र प्रहरी बलका विरामीलाई स्थान्तरण गर्न लागिएको हो ।

सशस्त्र प्रहरीले त्यहाँ रहेका चार वटा यूनिटलाई स्थान्तरण गरेर स्वास्थ्य मन्त्रालयलाई जिम्मा दिइसकेको छ । सशस्त्र प्रहरी बल स्रोतका अनुसार विरामीलाई स्थान्तरण गर्ने प्रकृया पूरा हुन लागेको र केही लिन भित्रै स्वास्थ्य मन्त्रालयले सन्चालन गर्ने भएको हो । स्वास्थ्य मन्त्रालयले सो अस्पताल नेपाली सेनाको रेखदेखमा चलाउने जनाएपनि अहिलेसम्म सेनालाई कुनै प्रकारको लिखित आदेश भने गइसकेको छैन ।

सशस्त्र प्रहरी बलका प्रवक्ता प्रवीण श्रेष्ठले त्यहाँ रहेका विरामीलाई नेपाली सेना र नेपाल प्रहरीको अस्पतालमा सार्ने जानकारी आएको बताए । ‘हाम्रा कोही मानिस विरामी भए भने पनि सेना र प्रहरी अस्पतालमा जाने आदेश आएको छ, बलम्बुको सशस्त्र प्रहरी अस्पताल स्वास्थ्य मन्त्रालयले हेर्नेछ’, उनले भने ।

स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ आइसोलेशन कक्ष र आइसियू कक्ष बढाउने काम भैरहेको छ । चैत १० गते बसेको मन्त्रीपरिषदको बैठकलेसशस्त्र प्रहरी अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको थियो । अस्पतालमा सेना, प्रहरी र चिकित्सक खटाएर उपचार गर्ने.व्यवस्था मिलाउने जनाएको थियो ।

तर सो अस्पताल अहिलेसम्म कोरोना विशेष अस्प्तालको रुपमा सन्चालन हुन सकेको छैन । बलम्बुमा तयार नहँुदासम्म सरकारले पाटन अस्पताललाई त्यस सम्बन्धी विरामीको उपचार गर्न आग्रह गरेको थियो । सो आग्रह अनुसार पाटन अस्पतालले संकित विरामीहरुलाई भर्ना लिइरहेको छ ।स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार बलम्बुमा रहेको अस्पताल सञ्चालनमा आउन अझै केही दिन लाग्नेछ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *