कोरोना महामारी: एकैदिन ३७१६ जनाको मृत्यु, १ लाख ६५ हजारबढीकाे उपचार सफल (तालिका)

डिसी नेपाल
१८ चैत २०७६ ७:५२

काठमाडौँ । चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वका दुई सय देशमा पुगेको छ। पछिल्लो समय कोरोना भाइरसको केन्द्रबिन्दूमा यूरोप र अमेरिका परेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट ३ हजार ७ सय १६ जना मानिसको ज्यान गएको छ । यो सँगै विश्वभर ज्यान गुमाउनेको संख्या ३७ हजार ७ सय ८१ पुगको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सोमबार ६१ हजार ५० जना नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या ७ लाख ८४ हजार ४ सय ४० पुगेको छ । जसमध्ये हालसम्म १ लाख ६५ हजार ३ सय ८७ जना संक्रमित पूर्ण उचारपछि घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा स्पेन र इटलीमा सबैभन्दा धेरै मानिसको ज्यान गएको छ । जसमध्ये सोमबार मात्रै स्पेनमा ९१३, इटलीमा ८१२, अमेरिकामा ५६५, फ्रान्समा ४१८, यूके १८०, इरानमा ११७, जर्मनी १०४, नेदरल्याण्ड ९३ तथा बेल्जियममा ८२ जनाको ज्यान गएको छ। अन्य देशको विवरण तलको तालिकामा उल्लेख छ ।

यस्तो छ २०० देशको कोरोना अपडेट तालिका


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *