‘लकडाउनमा बाहिर निस्कनेलाई रोक्न भजन कीर्तन गर्नुपरे त्यो पनि गर्नुहोस्’
नयाँ दिल्ली। भारतमा लकडाउनको अवधिमा लाखौंको संख्यामा मजदूर शहरबाट पलायन भएर गाउँ हिँड्न थालेपछि उनीहरुलाई राहत दिन माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले सुनुवाइ गरेको छ । सुनुवाइमा केन्द्र सरकारले २२ लाख ८८ हजार प्रवासीको लागि खाने बस्ने व्यवस्था मिलाइएको बताएको थियो । केन्द्रको तर्फबाट सोलिसिटर जनरल तुषार मेहताले बहस गरेका थिए ।
सुनुवाइपछि सर्वोच्च अदालतले २४ घण्टाभित्र कोरोनाभाइरस विशेषज्ञको समिति गठन गर्न आदेश दिएको छ । प्रधानन्यायाधीश एएस बोवडेले केन्द्र सरकारसँग भने ‘यदि प्रवासी मजदूरहरुलाई सम्झाउनको लागि भजन कीर्तन गर्नु परे त्यो पनि गर्नुहोस् । सर्वोच्च अदालतले डर नफैलियोस् भन्नका लागि काउन्सिलिङ उपलब्ध गराउनेतर्फ पनि विचार गरेको जानकारी दिएको छ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment