महालक्ष्मी नगरपालिकाद्वारा विपन्न परिवारलाई राहतवितरणको प्रक्रिया सुरु

डिसी नेपाल
१८ चैत २०७६ १६:४७

ललितपुर । महालक्ष्मीनगरपालिकाले विपन्न परिवारलाई राहतवितरणको प्रक्रिया सुरु गरेको छ ।
नगरपालिकाको ६८औं बैठकले नगरभित्र स्थायी तथा अस्थायी बसोवास गर्ने नागरिकहरुका लागि मापदण्ड तयार गर्दै सम्बन्धित वडाहरुबाट तथ्याङ्क संकलन सुरु गरेको नगर प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिए ।

अतिविपन्न, आम्दानीको कुनै स्रोत नभएका दैनिक ज्यालादारी गरी गुजारा चलाउनु पर्ने अवस्थाका व्यक्ति वा परिवारहरुलाई सम्बन्धित वडाले अति विपन्न भनी प्रमाणित गरेकाहरुलाई राहत पाउने मापदण्ड भित्र पारिएको छ ।

यसैगरी, सङ्गठित संस्थाहरुमा काम गर्ने बाहेक महालक्ष्मी नगरपालिकाभित्र ज्याला मजदुरी गर्दै आएका अनौपचारिक क्षेत्रमा कार्यरत ब्यक्ति र तिनका परिवारहरु तथा अभिभावकहरु नभएका, आफन्तहरु नभएका तथा अरुको सहयोग एवम् सहायतामा भर पर्नु पर्ने अवस्थाका असहाय, अपाङ्गअनाथ व्यक्तिहरुलाई पनि मापदण्डमा पारिएको छ ।

बैठकले त्यसबाहेक नेपाल सरकारले तोकेको राहतवितरणको मापदण्डभित्र पर्ने वर्गका व्यक्ति र परिवारहरु समेतको विवरण सङ्कलन गरी सम्बन्धित वडावाटै राहतवितरणको व्यवस्था मिलाउने निर्णय गरेको छ ।

यसैबीच, नगर कार्यपालिकाको बैठकले कोरोना संक्रमण रोकथामका लागि प्रत्येक वडालाई १ लाख ३५ हजार रुपैयाँ विनियोजन गरेको प्रमुखश्रेष्ठले जानकारी दिए ।

नगरपालिकाले प्रत्येक वडाहरुमा औषधि छर्कनेदेखि जनचेतना मुलक कामहरु गर्दै आएको छ ।

नगरपालिकाले विदेशबाट आएकाहरुको लगत संकलन गरेको पनिनगर प्रमुख श्रेष्ठले जानकारी दिए । विदेशबाट फर्केकाहरुहरुको निरन्तर स्वास्थ्य जाँच गरिएको र सेल्फक्वारेन्टाइनमा बस्न अपिल गरिएको उनले बताए ।

नगरपालिकाले किराना पसल र डिपार्टमेन्ट स्टोरमा इनामेलले चिनो लगाएर एक–एक मिटरको फरकमा ग्राहकलाई लाइनमा राख्न पनि निर्देशन दिएको छ । साथै, अनिवार्य रुपमा ग्राहक र आफूले स्यानिटाइजर प्रयोग गर्न पनि अपिल गरेको छ । नगरपालिकाले नगर क्षेत्रमा किटनाशक औषधि छने कार्यलाई निरन्तरता दिएको छ ।

नगरपालिकाले किस्ट हस्पिटलसँगको सहकार्यमा ६० आइसोलेसन बेड र २० वटा आईसीयुको व्यवस्था गरेको प्रमुखश्रेष्ठले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *