आगोमा जलेर महिलाको मृत्यु

डिसी नेपाल
१८ चैत २०७६ २१:२६

लहान । आगोमा जलेर सिरहाको गोलबजार नगरपालिकामा मंगलबार एक महिलाको मृत्यु भएको छ । गाउँकै मन्दिरमा बत्ती बाल्ने क्रममा दियोबाट सल्केको आगोमा जलेर सोमबार साँझ गम्भीर घाइते गोलबजार नगरपालिका–१ मुक्सार बरडाँडाकी ५७ वर्षीया देवसुनैरदेवी यादवको दिउँसो उपचारको मृत्यु भएको हो ।

शरीरको अधिकांश भाग जेलर गम्भीर घाइते यादवको स्थानीय भूमिजा हस्पिटल एण्ड टेक्निकल डेभलपमेन्ट सेन्टरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिए । शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाएको प्रहरी निरीक्षक पुरीले बताए । यता मृतकका परिवारजनले अस्पताल र चिकित्सकको लापरवाहीका कारण यादवको मृत्यु भएको आरोप लगाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *