बझाङको कोट्देवल केन्द्रविन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प

डिसी नेपाल
६ साउन २०८३ ६:२६

बझाङ। सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लास्थित कोट्देवललाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ४:४० बजेको समयमा ४.२ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो।

उक्त भूकम्पको कम्पन बझाङका साथै छिमेकी जिल्ला बैतडीका विभिन्न क्षेत्रहरूमा समेत महसुस गरिएको थियो। बिहानै भूकम्पको धक्का महसुस भएपछि स्थानीय बासिन्दा केही बेर त्रसित बनेका थिए।

यद्यपि, भूकम्पका कारण हालसम्म कुनै पनि धनजनको क्षतिको विवरण प्राप्त नभएको प्रहरी तथा स्थानीय प्रशासनले जनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *