कोरोना भाइरसको चपेटामा चैते दशैं

डिसी नेपाल
१९ चैत २०७६ १३:०४

काठमाडौं। कोरोना भाइरस (कोभिड १९) संक्रमणले विश्वलाई आफ्नो चपेटामा लिएको छ। कोरोना संक्रमित नेपालमा पनि फेला परेपछि सरकारले उच्च सतर्कता अपनाउँदै चैत ११ गतेदेखि मुलुकमा लकडाउनको घोषणा गरेको छ।

नेपालमा हालसम्म पाँच जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। तीमध्ये एक जना उपचारपछि ठिक भइसकेका छन्। संक्रमित मध्ये पाँचै जना विदेशबाट आएका हुन्।

विदेशबाट आएका नेपालीमा कोरोना संक्रमण देखिएपछि मुलुकभित्र झन् त्रास बढेको छ। विश्वभर कोरोना भाइरर संक्रमणबाट मृत्यु हुनेको संख्या बढिरहेका बेला नेपालमा पनि कोरोनाको संक्रमणको त्रास बढेको हो।

यही त्रासका कारण गत वर्षमा धुमधामसँग मनाइने चैते दशैंमा यो पटक चहल पहल देखिँदैन। सरकारले लकडाउन घोषणा गरेका कारण पनि यो पटक चैते दशैंमा चहल पहल नभएको हो।

सरकारले लकडाउन घोषणा गरेपछि अधिशांक मानिस गाउँघर फर्किएका छन्। मानिसहरु गाउँ फर्किएपनि चैते दशैं मनाएको देखिएको छैन।

कोरोत्रा संक्रमणको त्रासका कारण मासु खान नहुने भन्दै चैते दशैं नमनाएको कतिपयको भनाइ छ। कतिपयले भने चैते दशैंमा पूजा गरेर बोका, कुखुरा काट्ने गरेको तर यो वर्ष कोरोनाका कारण मासु खान नहुने भएकाले चैते दशैं नमनाएको बताएका छन्।

विश्व स्वास्थ्य संगठनले भने माछा मासु खाँदा कोरोना संक्रमण नहुने तर राम्रोसँग पकाएर खान सुझाव दिएको छ।
बनेपाकी शारदा सापकोटाले यसअघि सधैं चैतले दशैंमा बोका पूजा गर्ने गरेको भएपनि यो वर्ष मासु खाने विषयमा अन्योल भएका कारण बोका पूजा नगरेको बताइन्।

‘अघिल्ला वर्षमा सधैं चैते दशैंमा बोका पूजा गरिन्थ्यो, घरका परिवार जम्मा भएर मासु खाएर रमाइलो गरेर चैते दशैं मनाइन्थ्यो। यो वर्ष दशैं त मनाइयो। तर बोका पूजा गरिएन,’ उनले भनिन्।

विश्वलाई नै तहस नहस बनाएको कोरोना भाइरसले नेपालमा धेरैको मनलाई भत्काइदिएको छ। नुवाकोटका उज्वल श्रेष्ठले यसअघिका वर्षमा चैते दशैं मनाउन घरदेखि टाढा भएकाहरु पनि आउने गरेको भएपनि यो वर्ष सबै जना घरमा हुँदासमेत चैते दशैं मनाउन नपाएको गुनासो गरे।

हुन त दशैंमा मासु नै खानुपर्छ भन्ने नरहेको उल्लेख गर्दै ओखलढुंगाका सुरेश दाहालले कोरोना भाइरसले सबै परिवार भेला हुने अवसर जुनाइएको भन्दै परिवार भेला भएपछि रमाइलो गर्न दशैं नै नचाहिने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *