निगमको वाइड बडी अष्ट्रेलिया उड्यो

डिसी नेपाल
१९ चैत २०७६ १९:२९

काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी जहाज अष्ट्रेलिया उडेको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको वाइड बडी एयरबस ३३० जहाज बुधबार साँझ ६ः१२ मिनेटमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट गन्तब्यतिर उडेको हो ।

निगमले मलेसियाको क्वालालम्पुर हुँदै अष्टे«लियाको शहर ब्रिश्वेन पुग्ने गरी बुधबार साँझ ५ः३० बजे उडान तालिका बनाएको थियो । निगमको उड्डयन इतिहास मै पहिलो पटक वाइड बडी जहाजले लामो गन्तब्यको उडान भर्न लागेको हो । मलेसिया ट्रान्जिट हुँदै अष्टे«लियासम्मको यो उडान करिब १३ घण्टाको हुनेछ ।

आरए उडान नं ४१३१ को वाइड बडी जहाजले अष्टे«लिया र न्यूजिल्याण्डका नागरिकका निम्ति उद्धार उडान गर्न लागेको निगमका अपरेशन विभाग प्रमुख दिपु जहार्चनले बताए । उनले छ जना चालक दलसहित २४ जनाको सञ्चालन टोली र २५० यात्रुसहितको उक्त अद्घितीय उडान फेरी क्वालालम्पुर हँुदै बिहीबार राति नेपाल अवतरण गर्ने तालिका रहेको जानकारी दिए। वाइड बडी जहाज बिहीबार राति १०ः५० बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *