प्रहरीको निःशुल्क खाद्यान्न सहयोग

डिसी नेपाल
१९ चैत २०७६ २१:४९

काठमडौं । कोभिड–१९ जोखिम रोकथाम तथा नियन्त्रणका लागि सरकारले अङ्गिकार गरेको लकडाउन नीतिबाट दैनिक गुजारा चलाउन अप्ठेरो परेका व्यक्तिलाई प्रहरीले खाद्यान्न वितरण गरेको छ ।

महानगरीय प्रहरी कार्यालयले त्यस्ता असहाय, अपाङ्गता, फरक क्षमता भएका तथा दैनिक ज्यालादारीबाट गुजारा चलाउने व्यक्तिमा परेको समस्यामा सुल्झाउन काठमाडौंका विभिन्न क्षेत्रमा खाद्यान्न वितरण गरेको हो । महानगरीय प्रहरी कार्यालयका अनुसार, विभिन्न बैंकसँगको सहकार्यमा सुनगाभावाटिका नेपाल कालोपुलमा २ सय जना, उज्यालो नेपाल, कुमारीगालमा ४० जना, हाम्रो सुनौलो संसार गोकर्णेश्वर जोरपाटीमा १४ जना, सोलु बालगृह कल्याण अनाथालय संस्था गोकर्णेश्वरमा १० जना बालबालिकालाई निःशुल्क खाद्यान्न वितरण गरिएको छ ।

केयर बालगृहमा १५ जना, महिला बालबालिका उत्थान केन्द्र बूढानीलकण्ठमा १० जना र महानगरीय प्रहरी कार्यालयको हटलाईमा फोन सम्पर्क गर्ने दैनिक ज्यालादारी मजदूर १९ जनालाई महानगरीय प्रहरी कार्यालयका प्रमुख विश्वराज पोखरेल आफै उपस्थित भई अत्यावश्यक खाद्य सामग्री वितरण गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *