आगलागीबाट घर गोठ जलेर क्षति

डिसी नेपाल
२० चैत २०७६ २१:२५

तुलसीपुर । दाङमा आगलागीबाट तीन घर जलेर नष्ट भएका छन् । गढवा गाउँपालिका वडा नं ६ मनिकापुुरमा आज अपराह्न करिब ४ः०० बजेतिर आगलागी हुँदा तीन घर, दुई गोठ, एक घुम्ती पसल र दुई भान्साघर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

स्थानीय विष्णुु रानाको घर तथा भान्साघर, भक्तबहादुुर सुुनारको गोठ, कृष्णबहादुुर सुुनारको घर र पसल तथा ऋषि रानाको घर, गोठ तथा भान्साघर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए।

आगलागीबाट घरमा रहेका लत्ताकपडा, खाद्यान्न, काठ तथा फर्निचर एवं महत्वपूर्ण कागजात जलेर नष्ट भएका छन् । गढवा गाउँपालिका र लमही नगरपालिकाको दमकल, इलाका प्रहरी तथा स्थानियको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट भएको क्षतिको यकीन विवरण अझै आएको छैन ।स्थानीय भक्तबहादुुर सुुनारको गोठ नजिकै विद्युुत्को ट्रान्सफार्मर रहेको र सोको फ्युुजबाट निस्किएको झिल्काले आगलागी भएको प्रहरीले बताएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *