नेपालमा थप ३ जना कोरोना संक्रमित विरामी भेटिए
काठमाडौं । नेपालमा कोरोना भाइरसका नयाँ तीन संक्रमित फेला परेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।
मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीको ३४ वर्षीया महिलामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेका छ।
३४ वर्षीय महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त रहेको मन्त्रालयले जनाएको छ। योसँगै पहिलोपटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment