सन्राइज बैंकद्वारा पिपीइ सहयोग

डिसी नेपाल
२२ चैत २०७६ २०:५४

काठमाडौं । सनराइज बैंक लिमिटेडले कोभिड–१९ को सङ्क्रमण जोखिमको न्यूनीकरणका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत सातै प्रदेशमा सुरक्षाका विभिन्न सामग्री वितरण गर्ने क्रममा रुकुमको मुसिकोट नगरपालिकामा सहयोग सामग्री वितरण गरेको छ ।

सो सहयोग सामग्री शनिबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले सांसद जनार्दन शर्मालाई हस्तान्तरण गरेका हुन् । उक्त सहयोग सामग्रीमा १० थान व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ), एक हजार थान मास्क, स्यानिटाइजर, पल्स ओक्सिमिटर र पञ्जा रहेका छन् ।

हालसम्म सन्राइज बैंकले विभिन्न अस्पतालमा ३३० भन्दा बढी पिपिइ उपलब्ध गराइसकेको र अन्य प्रदेशमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *