बर्दीबासमा चार सय परिवारलाई एक हप्तालाई पुग्ने राहत बितरण
बर्दीबास । महोत्तरीको बर्दिबास नगरपालिकाले लकडाउनको मारमा परेका मजदुर र गरिब किसानका परिवारलाई राहत बितररण गरेको छ।
कोरोनाभाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण का लागि सरकारले गरेको लकडाउनले मारमा परेका मजदुर र गरिब किसानका परिवारलाई बर्दिबास नगरपालिकाले घरघरमै गएर राहत बितरण गरेको हो।
दैनिक ज्यालादारी गरेर खाने मजदुर, किसान र गरिब परिवारलाई लक्षित गरेर नगरपालिको वडा नं १ मा मात्र करिब चार सय परिवारलाई राहत बितरण गरेको बर्दिबास नगरपालिका वडा नं १ का वडाध्यक्ष चुडामणि पोखरेलले जानकारी दिए।
बर्दिबास टोल सुधार समितिका युवाहरुको सहयोगमा कम्तीमा एक हप्ताकोलागि पुग्ने गरि ४ जना भन्दा माथिका परिवारलाई १५ किलो चामल ,१ लिटर तेल, १ किलो दाल, १ पोका नुन र डिटोल साबुन बितरण गरेको हो।
प्रतिक्रिया
Facebook Comment