सरकारलाई पिपीइ सहयोग

डिसी नेपाल
२३ चैत २०७६ १८:५८

काठमाडौं । नेपाल भारत मानव विकास एवं मैत्री संघले सरकारलाई चिकित्सकका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामाग्री पिपिइ सहयोग गरेको छ ।

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले संघले उपलब्ध गराएको ३ सय थान पिपिई स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेका हुन्। राज्यमन्त्री मानन्धरले स्वास्थ्य मन्त्रालय पुगी कोरोना विरुद्धको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामाग्री पीपीइ मन्त्री ढकाललाई हस्तान्तरण गरेका हुन् ।

पीपीई सेट हस्तान्तरण गर्दै राज्यमन्त्री मानन्धरले संघलाई धन्यवाद दिदै विपद्को समयमा आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्न सबैलाई आव्हान पनि गरे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले कोरोना संक्रमणको उपचारमा अत्यन्तै महत्वपुर्ण स्वास्थ्य सामाग्री पिपिइले उपचारमा खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाएर उत्साहित बनाउन सहयोगी भुमिका निर्वाह गर्ने बताए ।

उनले सरकारले टेकुमा मात्रै रहेको प्रयोगशालालाई विस्तार गरी प्रदेश प्रदेशमा पुर्‍याएको र अझै पनि आवश्यक सामाग्रीहरु पुर्याउने क्रममा रहेको उल्लेख गर्दे संकटको बेला हिलो छ्याप्ने काम छोडी महामारी विरुद्ध हातेमालो गर्न सबैलाई आव्हान गरे ।

उनले भने, ‘अभावै अभावले छटपटिराखेका बेलामा सात वटै प्रदेशमा सामाग्री पु¥याएका छौं । हाम्रा आग्रह पुर्वाग्रह, हिलो छ्याप्ने कुरा भन्दामाथि उठेर यो महामारीका विरुद्ध हातेमालो गरेर सबैलाई एकसाथ लड्नको निम्ति म हार्दिक आव्हान गर्न चाहन्छु ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *