लकडाउन उल्लङ्घन गर्ने एक हजार ८०० जना कारवाही

डिसी नेपाल
२३ चैत २०७६ २२:०६

काठमाडौँ । काठमाडौँ उपत्यकामा लकडाउन उल्लङ्न गर्ने ४५२ महिलासहित एक हजार ८०७ जनालाई आइतबार कारवाही गरिएको छ । आइतबार दिनभर २४० दुईपाङ्ग्रे र नौ चारपाङग्रे गरी २४९ वटा सवारीसाधनलाई पनि नियन्त्रणमा लिएर कारवाही गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

काठमाडौँबाट एक हजार ३८६, ललितपुरबाट २२४ र भक्तपुरबाट १७८ जनालाई नियन्त्रणमा लिएको हो । कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी मुलुकभर लकडाउनको आदेश जारी गरेको थियो । उक्त आदेश उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिई तीन घण्टा कोरोनाका बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *