स्रोत जुटाउन १ खर्व ९५ अर्व आन्तरिक ऋण उठाउने सरकारको योजना

डिसी नेपाल
२४ चैत २०७६ ८:४२

काठमाडौं। सरकारले खर्चको स्रोत जुटाउनका लागि १ खर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ। अर्थ मन्त्रालयको परिपत्रपछि नेपाल राष्ट्र बैंकलाई ऋण उठाउने कार्यतालिका सार्वजनिक गरेको छ।

जसअनुसार चैत महिनामा मात्र ५५ अर्ब ४० करोड रुपैयाँ उठाउने लक्ष्य राखिएको छ। यसका लागि २५ अर्ब रुपैयाँको ट्रेजरी बिल निष्कासन, ३० अर्बको विकास ऋणपत्र र ४० करोडको वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्ने सरकारको लक्ष्य छ।

यसैगरी बाँकी ऋण भने चौथो त्रैमास (बैशाख–असार) मा १ खर्ब ३९ अर्ब रुपैयाँ उठाउने छ । यसमध्ये ६५ अर्ब रुपैयाँ ट्रेजरी बिल्सबाट, ७० अर्ब विकास ऋणपत्रबाट, ४ अर्ब रुपैयाँ नागरिक बचतपत्रबाट र ४० करोड रुपैयाँ बैदेशिक रोजगार बचतपत्रबाट हुनेछ।

आन्तरिक ऋणमा बैदेशिक रोजगार बचतपत्रको ब्याजदर १० प्रतिशत तोकिएको छ भने ट्रेजरी बिल्स र विकास ऋणपत्रको ब्याजदर भने बोलकबोल प्रक्रियाबाट निर्धारण हुने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *