दक्षिण कोरिया जाने कामदारको भिसा शुल्क बढ्यो, अब ११ हजार ३०० रुपैयाँ लाग्ने
काठमाडौं। रोजगारीका लागि दक्षिण कोरिया जाने तयारीमा रहेका नेपाली कामदारहरूका लागि भिसा शुल्कमा वृद्धि भएको छ। वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले एक सूचना जारी गर्दै कोरियाली भिसा शुल्कमा प्रतिव्यक्ति ६०० रुपैयाँ वृद्धि गरिएको औपचारिक जानकारी दिएको हो।
यस नयाँ व्यवस्थाअनुसार अब कोरिया जाने नेपाली कामदारहरूले भिसा शुल्क बापत कुल ११ हजार ३०० रुपैयाँ बुझाउनुपर्नेछ। यसअघि कामदारहरूले सोही भिसा शुल्क बापत १० हजार ७०० रुपैयाँ मात्र बुझाउँदै आएका थिए।
ईपीएस प्रणालीमार्फत दक्षिण कोरिया जानका लागि ‘सर्टिफिकेट फर कन्फर्मेसन अफ भिसा इस्युएन्स’ (सीसीभीआई) प्राप्त गरिसकेका व्यक्तिहरूले भिसा प्रक्रियाका लागि ईपीएस कार्यालयमा स्वयं उपस्थित भई फाराम बुझाउँदा अबदेखि यो नयाँ तोकिएको शुल्क भुक्तानी गर्नुपर्ने ईपीएस कोरिया शाखाले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment