म्यानचेस्टर सिटीका म्यानेजर गार्डियोलाकी आमाको कोरोना भाइरसको कारण निधन
काठमाडौं । म्यानचेस्टर सिटीका स्टार फुटबलर पेप गार्डियोलाकी आमाको कोरोना भाइरस संक्रमणको कारण निधन भएको छ। उनी ८२ वर्षकी थिइन।
क्लबले एक विज्ञप्ति जारी गर्दै म्यानचेस्टर सिटी परिवार पेपकी आमा डलरस साला कैरियोको मृत्युबाट स्तबध भएको जनाएको छ। क्लबले उनको बार्सिलोनामा कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको बताएको छ ।
क्लबसँग सम्बद्ध सबैको तर्फबाट हामी पेप र उनको परिवार र प्रति हाम्रो संवेदना व्यक्त गर्दछौं क्लबले जनायो ।
पेप गार्डियोला विगत लामो समयदेखी इङलिस प्रिमियर लिग फुटबल क्लब म्यानचेस्टर सिटीको प्रबन्धक थिए। उसको समयमा, टोलीले लिगमा शिर्ष स्थान कब्जा गरेको थियो ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment