झुठो विवरण पेश गरी सवारी पास बनाएको अभियोगमा तीन जना पक्राउ
फाईल तस्बिर
ललितपुर । झुठो विवरण पेश गरी सवारी पास बनाएको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सप्तरी सुरुङ्गा नगरपालिका(६ महोलिया घर भई हाल ललितपुर महानगरपालिका–३ पुल्चोक बस्ने ४५ वर्षीय शुभनारयण चौधरी, सोही नगरपालिका घर भएका ३०वर्षीय जितेन्द्र प्रसाद चौधरी र सोही नगरपालिका–५ का ४६ वर्षीय नरेश चौधरी रहेका छन्।
शुभ नारायणले आफ्नो आमाको मृत्यु भएकोले काज कृया गर्न जान भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरमा झुठो बिबरण पेश गरी चैत २४ र २५ गतेसम्मको लागि ३–०८–००५ ख ९१९८ नम्बर बसको पास लिएका थिए।
उक्त बसमा अन्य ३० जना यात्रुहरु समेत बोकी सप्तरीतर्फ जान लागेको अवस्थामा फेला पारी महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment