कोरोना उपचार कोषमा सङ्घीय संसद् सचिवालयद्वारा एक करोड जम्मा
काठमाडौं । सङ्घीय संसद् सचिवालयले सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु एक करोड एक लाख ३२ हजार ८०० जम्मा गरेको छ । सङ्घीय संसद् सचिवालयका अनुसार मंगलबार सो रकम जम्मा गरिएको हो । कोषमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समान रु ६७ हजार ३२० जम्मा गरेका छन्।
राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले रु ७० हजार ७३० जम्मा गरेकी छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलका तर्फबाट १९५ जना सांसदको रु ६३ लाख दुई हजार ५९० कोषमा जम्मा गरिएको छ । सङ्घीय समाजवादी फोरमका सांसद प्रदीप यादवको रु ६४ हजार ७०, राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलको रु ३२ हजार ३५ कोषमा जम्मा गरिएको छ ।
सभामुख, अध्यक्ष तथा सांसदको निजी सचिवालयका कर्मचारीको रु २१ लाख ४६ हजार ८५६, सचिवालयका स्थायी कर्मचारीको रु ११ लाख १७ हजार ९७९, करारका कर्मचारीको रु दुई लाख ६३ हजार ९०० जम्मा गरिएको छ । कोषका हालसम्म रु एक अर्ब ८३ करोड ७७ लाख ८० हजार ६२० बराबरको रकम जम्मा भएको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment