बाँकेमा लकडाउन उल्लङ्घन गर्नेलाई लठ्ठी

डिसी नेपाल
२६ चैत २०७६ १६:३३

बाँके । जिल्लाप्रहरी कार्यालय बाँकेले लकडाउन उल्लङ्घन गर्नेलाई पक्राउ गर्न मान्छेलाई समात्ने लठ्ठी (म्यान क्याचर स्टिक)को प्रयोग शुरु गरेको छ । लकडाउन उल्लङ्घन गर्नेको सङ्ख्या बढ्दै गएपछि बाँके प्रहरी आफैँले ‘म्यान क्याचर स्टिक’ निर्माण गरी प्रयोगमा ल्याएको हो ।

नेपालगञ्जका विभिन्न क्षेत्रबाट ‘म्यान क्याचर स्टिक’ सहित प्रहरी परिचालन गरेर लकडाउन उल्लङ्घन गर्ने व्यक्तिलाई पक्राउ गर्न थालेपछि लकडाउन थप प्रभावकारी भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए ।

पक्राउ परेका व्यक्तिलाई कोरोना भाइरस र लकडाउनका बारेमा एक घण्टा प्रशिक्षण दिएर छाडिएको प्रहरी प्रवक्ता सिंहले बताए । व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमा समेत कोरोना सङ्क्रमणको जोखिम बढेपछि ‘म्यान क्याचर स्टिक’को निर्माण गरेर प्रयोगमा ल्याइएको उनको भनाइ छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *