कोरोनाका कारण फेवा नववर्ष महोत्सव स्थगित

डिसी नेपाल
२६ चैत २०७६ २२:१६

चिप्लेढुङ्गा । हरेक वर्ष पोखरा लेक साइडमा हुँदै आएको फेवा नव वर्ष यसपालि नहुने भएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण गरिएको लकडाउनले फेवा महोत्सव स्थगन गरिएको आयोजक संस्था पश्चिमाञ्चल होटल सङ्घले जनाएको छ ।

सङ्घका अध्यक्ष विकल तुलाचनले कोरोना सङ्क्रमणको वर्तमान परिस्थितिलाई दृष्टिगत गर्दै नेपाली नयाँ वर्षमा आयोजना हुँदै आएको फेवा नव वर्ष महोत्सव यसपटक स्थगन गरिएको जानकारी दिए । उनले कोरोना भाइरसले उत्पन्न विषम परिस्थितिमा उक्त सङ्क्रमणलाई न्यूनीकरण गर्न घोषित लकडाउनका कारण १७औँ फेवा नववर्ष महोत्सव सम्पन्न गर्न असमर्थ भएको बताए ।

सङ्घले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत नेपाली नयाँ वर्षलाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ हरेक नेपाली नयाँ वर्षमा फेवा नयाँ वर्ष महोत्सव सञ्चालन गर्दै आइरहेको थियो । महोत्सवले गण्डकी प्रदेश तथा नेपालको जातीय वेशभूषा, रहनसहन, खानपान, सांस्कृतिक पक्षको उजागरका साथै प्राकृतिक सम्पदाको प्रवद्र्धनमा जोड दिँदै आएको थियो । सङ्घले नयाँ वर्षको शुभकामना दिँदै लकडाउनलाई पूर्ण पालना गरेर सुरक्षित रहन पनि आग्रह गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *