पृथ्वी राजमार्गमा लकडाउनको पूर्ण पालना (फाेटाे फिचर)

काठमाडौं । काठमाडौंको नागढुंगादेखि चितवनको मुग्लिङसम्मको पृथ्वी राजमार्ग सडक खण्डमा लकडाउनको पूर्ण पालना भएको पाइएको छ । राजधानी काठमाडौंमा दैनिक हजारौंको संख्यामा लकडाउन उलङ्घन गर्नेहरु पक्राउ परिरहदा पृथ्वी राजमार्ग भने सुनसान देखिन्छ ।

 

सडकमा कुनैपनि सवारी साधन सञ्चालनमा आएका छैनन्। त्यस्तै मानिसहरु पनि हिंडडुल गरेको देखिदैन् । सडकमा अत्यावस्यक सामग्री ढुवानी गर्ने साधनहरु बाहेक अन्य कुनैपनि साधानहरु देखिदैनन् । एलपी ग्यास बुलेट गाडीहरु फ्याट्टफुट्ट देख्न सकिन्छ ।

त्यस्तै खाद्यान्न, तरकारी बोकेका ढुवानीका साधनहरु सहजै सञ्चालनमा आएका छन् । अत्यन्त व्यस्त रहने नौबिसे, धादिङ, मलेखु, लगायतका बजार सुनसान छन् । राजमार्गमा रहेका होटल व्यवसायहरु पूर्ण रुपमा बन्द छन् । यस्तै पसलहरु पनि बन्द छन् । सामाजिक दुरी कायम गर्दै प्रहरीले ठाउँठाउँमा सुरक्षा व्यवस्थालाई कडाई गरेको छ ।

सामान्य अवस्थामा निकै व्यस्त रहने मनकामना केबलकार पनि बन्द छ । लकडाउन सुरु भएदेखिनै केबलकार बन्द रहेको छ । निकै व्यस्त रहने मुग्लिङ बजार पनि पूर्ण रुपमा बन्द रहेको छ । मुग्लिनमा सञ्चालित कुनैपनि होटल पसल तथा बिभिन्न सेवा कार्यालयहरु खुुलेका छैनन् ।

राजमार्गमा ठाउँठाउँमा अस्थाई स्वास्थ्य शिविर स्थापना गरिएको छ । अत्यावस्यक सवारी साधन र ढुवानीका साधनमा यात्रा गर्ने व्यक्तिहरुलाई चेकजाँच गर्ने कार्यलाई प्रहरीले कडाई गरेको छ । मुग्लिङ देखि पोखरा जाने सडक खण्ड पनि सुनसान छ ।

तनहुँको डुम्रेमा पनि लकडाउनको पूर्ण पालना भएको देखिन्छ । सबै पसलहरु पूर्ण रुपमा बन्द भएका छन् । यस्तै अत्यावस्यक वस्तुहरु विक्री हुने पसलअगाडि समाजिक दुरी कायम गर्न लगाइएका चिन्हहरु देख्न सकिन्छ ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो