७ कक्षामा पढ्दा यस्ती देखिन्थिन् अहिलेकी विश्वप्रसिद्ध सुपरस्टार, के तपाइँले चिन्नुभयो ?

डिसी नेपाल
३० चैत २०७६ १३:१६

काठमाडौं। कोरोनाभाइरसको महामारीका कारण आम नागरिकसँगै विश्वप्रसिद्ध सुपरस्टार पनि घरमै कैद छन् । लगातार विभिन्न कार्यक्रमका लागि विश्वभर घुमिरहने सुपरस्टारहरुले अहिले घरमै बस्नुपर्दा आफ्ना सोख र फिटनेसमा ध्यान दिइरहेका छन् । हुन त सधैं व्यस्त हुने यी सुपरस्टारको लागि अहिलेको स्थितिले परिवारसँग समय बिताउन फुर्सद पनि निकालिदिएको छ । केही सुपरस्टारले भने यो समयमा आफ्ना पुराना यादहरुलाई ताजा गरिरहेका छन् ।

हालै रियालिटी टिभी स्टार किम कार्दाशियनले पनि आफ्नो एक थ्रोब्याक तस्वीर शेयर गरेकी छिन् । यो तस्वीर फ्यानहरुमाझ निकै लोकप्रिय भइरहेको छ । फोटोको क्याप्सनमा किमले यो आफूले ७ कक्षामा पढ्दाको फोटो भएको बताएकी छिन् । यसअघि किमले कोरोनाभाइरसका कारण घरमै बस्दाको अनुभव पनि शेयर गरेकी थिइन् । उनले यो ब्रेकको रुपमा राम्रो भएको र यसले परिवारमा आत्मीयता बढाएको बताएकी थिइन् । उनले घरमा हुँदा धेरै फिल्महरु हेरेको बताएकी थिइन् ।

किमका बोल्ड फोटोहरु तल हेर्नुहोस् –




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *