बैतडीमा ३९० जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

डिसी नेपाल
३ वैशाख २०७७ १७:१५

बैतडी । बैतडीमा कोरोना भाइरसका शङ्कास्पद ३९० जनाको गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

गत चैत २८ गते जिल्लाका विभिन्न स्थानमा सङ्कलन गरिएको थ्रोट स्वाबको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो । थ्रोट स्वाब सङ्कलन भएका ४२५ मध्ये ३९० जनाको रिपोर्ट नेगेटिभ आएको र ७ जनाको स्वाब पुनः सङ्कलन गर्नुपर्ने देखिएको छ । बाँकी २८ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

कोभिड १९ उच्चस्तरीय समितिको समन्वयमा हेलिकोप्टर मार्फत स्वास्थ्यकर्मीको टोली आएर पुर्चौंडी नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा क्वारेन्टाइनमा बसेकाको थ्रोट स्वाब सङ्कलन गरेको थियो । पुर्चौंडीमा ३४३ र पञ्चेश्वरमा ८२ जनाको थ्रोट स्वाबको नमूना सङ्कलन गरिएको थियो । कोरोना रिपोर्ट नेगेटिभ आएका सबैलाई एकहप्ते होम क्वारेन्टाइनमा बस्ने गरी घर फर्काउने तयारी भएको जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *