चितवनमा आशङ्का गरिएकाको नतिजा नेगेटिभ

डिसी नेपाल
४ वैशाख २०७७ ११:५८

चितवन । र्यापिड डायग्नोष्टिक परीक्षण (आरडिटी) का क्रममा पोजेटिभ देखिएका पूर्वी चितवनका एक पुरुषको नतिजा नेगेटिभ आएको छ।

भरतपुर कोभिड–१९ प्रयोगशालामा पिसीआर परीक्षणका क्रममा उनको नतिजा नेगेटिभ आएको भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले जनाकारी दिए ।

गत चैत ७ गते कोरियाबाट नेपाल आएका उनको रत्ननगरको गुञ्जमान अस्पतालमा गरिएको र्यायापिड डायग्नोष्टिक परीक्षणका क्रममा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि स्वाब कोभिड–१९ प्रयोगशालामा ल्याइएको थियो। सो प्रयोगशालाको नतिजा नेगेटिभ आएको हो।

यस्तै राप्ती नगरपालिकामा चैत ५ गते बेलायतबाट आएकी ६५ वर्षीया महिलामा ¥यापिड डायग्नोष्टिक परीक्षणका क्रममा शङ्कास्पद देखिएपछि उनलाई भरतपुर अस्पतालको आइसोलेसनमा राखी उपचार गरिएको छ।

उनीसँगै हङकङ हुँदै आएका दुई छोरालाई पनि अस्पताल ल्याइएको छ । र्यायापिड डायग्नोष्टिक परीक्षणका क्रममा छोराहरुको भने नेगेटिभ देखिएको थियो। राप्तीबाट ल्याइएका तीनै जनाको पिसीआर विधिबाट आज परीक्षण गरिने अधिकारीले जानकारी दिए ।

कैदीको मृत्यु

कारागार कार्यालय चितवनका एक कैदीको मृत्यु भएको छ। कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं १४ का प्रितमबहादुर कुर्मीको मृत्यु भएको हो।

लागुऔषध मुद्दामा विसं २०७३ मा जिल्ला अदालत बाँकेले छ वर्ष कैद र रु १० हजार जरिवाना तोकेका कुर्मीको आज राति मृत्यु भएको हो।

अर्बुदरोगका कारण कुर्मीलाई विसं २०७४ वैशाख १६ गते कारागार कार्यालय जगन्नाथदेवल काठमाडौँबाट चितवन पठाइएको थियो।

पेटको अर्बुद रोगको उपचारका क्रममा उनको मृत्यु भएको काफ्लेले जानकारी दिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *