कुवेतमा थप  ४ नेपाली कोरोना संक्रमित

डिसी नेपाल
५ वैशाख २०७७ १७:३४

कुवेत । कुवेतमा शुक्रबार थप ४ जना नेपालीमा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण देखिएको छ । योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या १९ पुगेको छ ।

कुवेतको स्वास्थ्यले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार अनुसार ४ नेपालीसहित १ सय ३४ जना नयाँ संक्रामित फेला परेका हुन् । योसँगै कुवेतमा कोरोना संक्रमित विरामीको संख्या १६ सय ५८ पुगेको छ ।

तीमध्ये ५ जनाको ज्यान गएको छ, भने २ सय ५८ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् । त्यस्तै ३२ जनाको गम्भिर अवस्थामा उपचार भैरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *