बहराइनमा थप २७ नेपालीमा कोरोनाको संक्रमण, संक्रमित नेपालीको संख्या ४९ पुग्यो

डिसी नेपाल
५ वैशाख २०७७ २०:३०

मान्मा । शुक्रबार बहराइनमा थप २७ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९ ) को संक्रमण देखिएको छ । योसँगै बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या ४९ पुगेको मान्मास्थित नेपाली दूतावासले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बहराइनमा हालसम्म १ हजार ७ सय ४७ जनामा कोरोनाको संक्रमण देखिएको छ । उनीहरुमध्ये ७ जनाको ज्यान गएको छ,भने ७ सय २५ जना उपचारपछि निको भएका छन् । दूतावासका अनुसार निको हुनेमा नेपालीहरु पनि रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *