कोरोनाको युद्ध जितेर घर फर्किइन् दोस्रो संक्रमित युवती

डिसी नेपाल
६ वैशाख २०७७ १४:१६

काठमाडौं । नेपालकी दोस्रो कोरोना संक्रमितको पूर्ण रुपमा निको भएर अस्पतालबाट डिस्चार्ज भएकी छन् । उनमा गत चैत्र १० गते कोरोना पोजेटिभ देखिएको थियो ।

कोरोना पोजेटिभ देखिएसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएकी उनको कोरोना रिर्पोट नेगेटिभ भएसँगै आज शनिबार डिस्चार्ज भएकी हुन् ।

कोरोनाको उपचार पछि घर फर्किएकी युवती चैत ४ गते फ्रान्सबाट कतारको दोहा ट्रान्जिट हुँदै काठमाडौं आएकी थिइन् ।

उनीसँगै कतार एयरवेजको क्यू आर ६५२ को जहाजमा नेपाल आएका बागलुङका अन्य दुई जना नेपालीमा पनि कोरोना संक्रमणको पुष्टि भएको छ ।

उनीहरुको हाल धौलागिरि अस्पताल बागलुङमा उपचार भइरहेको छ।

यो समाचार तयार पार्दासम्म नेपालमा ३० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पहिलो संक्रमित यसअघि नै सफल उपचारपछि घर फर्किसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *