प्रधानमन्त्रीद्वारा उपचारमा संलग्न चिकित्सकलाई बधाई, कोरोना निको हुनेको संख्या ३ पुग्यो

डिसी नेपाल
६ वैशाख २०७७ १९:३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट सङ्क्रमित युवतीको उपचारमा संलग्न चिकित्सक टोलीलाई बधाई दिएका छन् ।

शनिबार ट्वीट गर्दै उनले कोरोना भाइरसबाट पूर्णरुपमा स्वस्थ भई घर फर्किएकी ती युवतीको आरोग्यताको कामनासहित उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्बद्ध सबैलाई बधाई तथा धन्यवाद दिएका हुन्।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २७ दिनको उपचारपश्चात् पूर्ण स्वस्थ भई काठमाडौँकी १९ वर्षीया युवती शनिबार घर फर्किएकी हुन् ।

यस्तै, बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया कोरोना सङ्क्रमित महिलाको तेस्रो र चौथो पटकको रिपोर्ट नेगेटिभ अर्थात् कोरोना निको भएको आएपछि धौलागिरि अञ्चल अस्पताल बागलुङमा १७ दिनदेखि उपचाररत उनको डिचार्ज गर्ने तयारी भइरहेको धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र वि पोखरेलले जानकारी दिए ।

उनीसँगै नेपालमा कोरोनाबाट संक्रमणबाट मुक्त हुनेको संख्या ३ पुगेको । १ जना पुरुषले पहिले नै कोरोनाबाट जित हासिल गरिसकेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *