कुवेतमा २४ जना नेपाली कोरोना संक्रमित

डिसी नेपाल
८ वैशाख २०७७ १६:४३

कुवेत । कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या २४ पुगेको छ ।सोमबार थप ३ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै कुवेतमा  कोरोना संक्रमित नेपालीको संख्या बढेर २४ पुगेको हो ।

कुवेतको स्वास्थ्यले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार अनुसार ३ नेपालीसहित ८० जना नयाँ संक्रामित फेला परेका हुन् । योसँगै कुवेतमा कोरोना संक्रमित विरामीको संख्या १९ सय ५५ पुगेको छ ।

तीमध्ये ९ जनाको ज्यान गएको छ, भने ३ सय ६७ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् । त्यस्तै ३९ जनाको गम्भिर अवस्थामा उपचार भैरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *