कुवेतमा बुधबार थप ५ नेपालीमा कोरोना संक्रमण, संक्रमित नेपालीको संख्या २९ पुग्यो

डिसी नेपाल
१० वैशाख २०७७ १७:२७

कुवेत । कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या २९ पुगेको छ । बुधबार थप ५ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या बढेर २९ पुगेको हो ।

कुवेतको स्वास्थ्यले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार अनुसार ५ नेपालीसहित १ सय ६८ जना नयाँ संक्रामित फेला परेका हुन् । योसँगै कुवेतमा कोरोना संक्रमित विरामीको संख्या २२ सय ४८ पुगेको छ ।

तीमध्ये १३ जनाको ज्यान गएको छ, भने ४ सय ४३ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् । त्यस्तै ५० जनाको गम्भिर अवस्थामा उपचार भैरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *