बुढानिलकण्ठमा अति विपन्नलाई नि:शुल्क खाना खुवाउँदै एकल महिला समूह

डिसी नेपाल
११ वैशाख २०७७ ७:३८

काठमाडौँ । कोरोना भाइरसका कारण समस्यमा परेका अति बिपन्न परिवारलाई मानव अधिकारका लागि महिला, एकल महिला समूहले बुढानिलकण्ठ नगरपालिकामा बेलुकाको खाना खुवाउँदै आएको छ ।

समूहले कोरोना भाइरसका कारण अति बिपन्न बर्गका ब्यक्तिहरुको घरमा चुलो बल्न नसकेको अवस्थालाई मध्यनजर गर्दै खाना खुवाउन थालेको हो ।

मानव अधिकारका लागि महिला, एकल महिला समूहकी संस्थापक अध्यक्ष लिलि थापाको नेतृत्वमा, बुढानिलकण्ठ नगरपालिका र संबन्धित वडाहरुले बैशाख ४ गते देखि सहयोग गर्दै आएका छन् ।

लक डाउन अवधीभर बेलुकाको ४ देखि ७ बजेसम्म बुढानिलकण्ठ नगरपालिका भित्रका अति बिपन्न परिवारलाई सामाजिक दुरि कायम राख्दै बेलुका को खाना उपलब्ध गराइँदै आएको छ।

संस्थाले लकडाउनको अबधिमा महिला तथा जेष्ठ नागरिकहरु माथी हुने हिंसाको सन्दर्भमा कानुनी र मनोसामाजिक परामर्श सेवा र खाद्य जोखिममा परेका महिलाहरूलाई संबंधित निकायहरु संग समन्वय तथा सहजीकरण गरि खाद्य सुनिस्चिताको लागि काम पनि गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *