विदेशबाट फर्किएकाको पुनः नमूना सङ्कलन
ललितपुर । महालक्ष्मी नगरपालिकामा विदेशबाट फर्किएर क्वारेन्टाइनमा बसेका ८८ जनाको दोस्रो पटक ‘थ्रोट स्वाब’ नमूना सङ्कलन गरेको छ।
क्वारेन्टाइनमा बसेकाको अवस्था बुझ्न महालक्ष्मी नगरपालिका, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र स्वास्थ्य कार्यालय ललितपुरको समन्वयमा पुनः परीक्षण गर्न लागिएको हो।
पहिलो पटकमा छुटेकालाई जनप्रतिनिधि, स्वास्थ्यकर्मी र कर्मचारी मिलेर खोजी गरी परीक्षण गर्न लागिएको नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिए।
उनका अनुसार इमाडोल स्वास्थ्यचौकीबाट ३१ महिला र ५७ पुरुष गरी कूल ८८ जनाको स्वाब सङ्कलन गरी पिसीआर विधिमा परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ।
यस अघि महालक्ष्मीले गत चैत २९ गते विदेशबाट फर्किएका ७० जनाको पहिलो चरणमा नमूना सङ्कलन गरी टेकु पठाएकामा नतिजा नेगेटिभ भएको थियो। रासस
No ads found for this position



डिसी नेपाल
Facebook Comment