एक महिनापछि झुलाघाट नाकाबाट स्वदेश फर्कँदै ८३७ जना नेपाली

डिसी नेपाल
१८ वैशाख २०७७ १३:०२

बेतडी । भारतीय क्वारेन्टाइनमा बसेका नेपाली मजदुर आज एक महिनापछि स्वदेश फकिँदैछन् ।

लकडाउनका कारण सीमा बन्द भएपछि गत चैत दोस्रो सातादेखि भारतको झुलाघाट, धार्चुला र पिथौरागढमा रहेका करिब दुई हजार मजदुर स्वदेश फकिन लागेका हुन्।

झुलाघाट नाकाबाट ८३७ जना भित्रिन लागेका बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए ।

यस्तै धार्चुला नाकाबाट एक हजार ६१ जना भित्रिन लागेका दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।

अब भारतका विभिन्न क्वारेन्टाइनमा बसेका र अन्य स्वदेश फर्कन चाहनेलाई आउने दिइने छ।

उनीहरूलाई सामाजिक दूरी कायम गरेर भित्र्याउने र स्वास्थ जाँच गरिनेछ।

स्वदेश फर्किएका मजदुरलाई १४ दिन क्वारेन्टाइनमा राखिने र त्यसपछि आरडिटी परीक्षण गरिनेछ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *