बहराइनमा १ सय ५० नेपाली कोरोना भाइरसबाट संक्रमित

डिसी नेपाल
१८ वैशाख २०७७ १७:२९

काठमाडौँ । बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १ सय ५० पुगेको छ । मंगलबार थप २४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएसँगै संक्रमित नेपालीको संख्या बढेर १ सय ५० पुगेको हो ।

डिसी नेपालको प्रत्यक्ष संवादमा कुरा गर्दै बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले थप २४ नेपाली संक्रमित भएको पुष्टि गरेका हुन् ।

यसअघि एकैदिन ४ वटा कम्पनीका ७७ जना नेपाली कामदाहरूमा कोरोनाको संक्रमण देखिएको थियो ।

राजदूत सुन्दासका अनुसार संक्रमित सबै नेपालीको अवस्था सामान्य छ । संक्रमित केही नेपाली उपचारपछि निको भैसकेका छन् । तीन पटक सम्म परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएका उनीहरु डिस्चार्ज हुनको लागि अन्तिम रिपोर्टको प्रतिक्षामा रहेको उनले बताए ।

पछिल्लो समय संक्रमित नेपालीको संख्या बढ्दै गएता पनि आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । स्वास्थ्य क्षेत्रमा बहराइन सरकारको गुणस्तरीय सेवा रहेको उनले बताए ।

‘संक्रमित नेपालीको अवस्थालाई लिएर आत्तिहाल्नु पर्ने अवस्था छैन । यहाँको सरकारको उपचार पद्दती निकै राम्रो छ,’ उनले भने ‘नेपालीको संख्या बढे पनि आत्तिनुपर्ने अवस्था छैन ।हामी केही बिरामीहरुसँग सम्पर्कमा पनि छौँ । उहाँहरु सबैको अवस्था सामान्य छ ।’

उनका अनुसार संक्रमित नेपालीको उपचार बहराइन सरकारले आफ्नै नागरिक सरह नि:शुल्क रुपमा गरिरहेको छ ।

भिडियोमा हेर्नुस् राजदूत सुन्दाससँग डिसी नेपालले गरेको संवाद




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *