शुक्रबार कुवेतमा थप ११ नेपाली श्रमिकमा कोरोना देखियो

डिसी नेपाल
१९ वैशाख २०७७ १८:३२

कुवेत । कुवेतमा एकैदिन ११ जना नेपाली श्रमिक कोरोना भाइरसबाट संक्रमित भएका छन् । शुक्रबार थप ११ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या बढेर ७५ पुगेको छ ।

कुवेतको स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार अनुसार ११ नेपालीसहित ३ सय ५३ जना नयाँ संक्रामित फेला परेका हुन् । योसँगै कुवेतमा कोरोना संक्रमित विरामीको संख्या ४ हजार ३ सय ७७ पुगेको छ ।

तीमध्ये ३० जनाको ज्यान गएको छ, भने १ हजार ६ सय २ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् । त्यस्तै ७० जनाको गम्भिर अवस्थामा उपचार भैरहेको छ । संक्रमित नेपालीमध्ये सबै उपचाररत छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *