दरबारमार्गको क्यासिनो प्यालेसबाट ४४ मजदुर बर्खास्त

डिसी नेपाल
२० वैशाख २०७७ ८:३०

काठमाडौं। भारतीय व्यापारी र नेपाली व्यापारीको संयुक्त लागानीमा रहेको दरबारमार्गको क्यासिनो प्लालेसका ४४ जना कर्मचारीलाई जवर्जस्ती बर्खास्त गरिएको छ।

सरकारले व्यापार बन्द गर्न आदेश दिएकोले कर्मचारी राख्न नसकेको भन्दै सो क्यासिनोले बैशाख १४ गतेको मिति राखेर श्रमिक दिवसको अघिल्लो दिन ती कर्मचारीहरुलाई एकैसाथ कामबाट हटाउने निर्णय गरेको हो।

विनय शाह नामका नेपाली व्यापारीसँग भारतको गोवामा समेत क्यासिनो चलाइरहेको भारतीय क्यासिनोको लगानी रहेको अन्ना क्यासिनोले अप्ठेरो परिस्थितिमा कामदारहरुलाई ननिकाल्न नेपाल सरकारले गरेको आग्रहविपरीत ठूलो संख्यामा कर्मचारीहरु बर्खास्त गर्ने निर्णय गरी नेपाल सरकारको आग्रहलाई चुनौती दिएको छ।

डिसी नेपाललाई प्राप्त क्यासिनोको निर्णयमा लकडाउनका कारण व्यबसाय संचालन गर्न असमर्थ रहेको प्रसंग उल्लेख गरिएको छ। कोरोनाको महमारीका कारण दैनिक गुजारमै समस्या आइरहेका बेला ठूलो संख्यामा मजदुरहरुलाई बर्खास्त गरिँदा उनीहरुको गाँस बासमा नै असर गर्ने भएको छ।

प्राप्त पत्रअनुसार, निस्कासनमा पर्नेहरुमा पूजा पाठक, रविन बज्राचार्य, सुष्मा पुडासैनी, सुरज नगरकोटी, दिलसान सुवेदी, सृजना दाहाल, एलिना तामाङ दोङ, सज्जा श्रेष्ठ, सृष्टि तामाङ, पेमा डोल्मा तामाङ, सुजन थापा, सुवेश कँडेल, श्याम विष्ट, कृष्णप्रसाद न्यौपाने रहेका छन्।

यसैगरी निमेश आले मगर, अनीश भट्टराई, प्रतीक देवकोट, प्रदीप राई, हरिबहादुर घर्ती, उमेश श्रेष्ठ, सुजन बुढा, नरेन्द्र मानन्धर, सुरेन्द्रबहादुर केसी, कृष्णप्रसाद पाण्डे, जयराम बिक, अर्जुन पराजुली, किरण देउला, दिपेन मजगैंया, उमा अधिकारी, नारायण भट्टराई, सागरनाथ बजगाईं, जयकुमार सापकोटा, दिलबहादुर तामाङ, रोशन गौतम, रुपेश लामा, अशोक भन्ताना, युवराज राना मगर, बद्रि बस्नेत, लवराज राना मगर, राजु श्रेष्ठ, कुमार तामाङ, इन्द्रबहादुर धिताल, रन्जन सापकोटा र रुपेश शर्मा घिमिरे छन्।

पूरै तलब खुवाउन नसक्ने परिस्थिति आए आधामात्र खुवाउने वा केही सीप नलागे बेतलवी विदामा कर्मचारी राखेर उनीहरुको जागिर सुरक्षित राख्नु पर्नेमा डेढ महिनाको लकडाउनको मौका पारेर बर्खास्त गरिएकोमा मजदुरहरु रुष्ट भएका छन्। उनीहरुले क्यासिनो व्यबस्थापनलाई सरकारले हस्तक्षेप गरी कम्तीमा जागिर यथावत रहने व्यबस्था गर्न माग पनि गरेका छन्।




प्रतिक्रिया

One thought on “दरबारमार्गको क्यासिनो प्यालेसबाट ४४ मजदुर बर्खास्त

  1. यिनीहरु लाइ निकालकै राम्रो। निकालनै परनि थियो , ठ्याक्कै समयले साथ दियो। कोरोना भाइरसले समस्या पनि पारॆयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *