कोरोना असरः डीभीको नतिजा ढिलो आउने
काठमाडौं । विश्वभर फैलिएको कोरोना महामारीको कारण अमेरिकाले डाइभर्सिटी भिसा (डीभी) कार्यक्रम छनौट नतिजा पछाडी सारेको छ। शनिबार नेपालस्थित अमेरिकी दूतावासले एक सुचना जारी गर्दै उक्त छनौट कार्यक्रम पछाडी सारिएको जानकारी दिएको छ।
दूतावासले आगामी मे ५ तारिखमा हुने छनौट कार्यक्रम कोरोनाको कारण आगामी जुन ६ तारिखलाई सारिएको जनाएको छ। छनौटमा हुने उक्त ढिलाईले अक्टोबर १ तारिखमा हुने अन्तवार्तामा कुनै असर नपर्ने पनि दूतावासले सुचनामा बताएको छ।
यस्तै डिभीको नतिजा के भयो भनेर दूतावासले ईमेल वा फोनमार्फत सम्पर्क गर्नेछैन। नतिजा थाहा पाउन आवेदन दिँदा पाएको कन्फर्मेशन नम्बर प्रयोग गरेर सम्बन्धित साइटबाट मात्रै हेर्न सकिने जनाइएको छ। यसबारेमा कुनै जिज्ञासा भएमा travel.state.gov मा गएर डीभी कार्यक्रमका बारे हेर्न सकिनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment