नेपालगञ्जमा थप ६ जनामा कोरोना पुष्टि भएसँगै एकै दिन थपिए १५ संक्रमित

डिसी नेपाल
२१ वैशाख २०७७ १९:५३

काठमाडौं । बाँकेको नेपालजञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै बाकेमा कोरोना संक्रमित हुनेको संख्या १६ पुगेको छ । एकै दिन नेपागञ्जमा १५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको
हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारी दिएको जानकारी अनुसार थप ६ जनामध्ये ३ जना पुरुष र ३ जना महिला रहेका छन् । जसमा १६,२१ र ३४ वर्षका पुरुष हुन भने ४०, ५५ र ६० वर्षका महिला हुन् ।

नेपालगञ्जमा देखिएको ६ जना कोरोना संक्रमित सहित नेपालमा ७५ जनामा कोरोना पुष्टि भएको छ । हालसम्म १६ जना उपचार पछि घर गएका छन् । उपचाररत सबैको स्वास्थ्य स्थिति सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 




प्रतिक्रिया

One thought on “नेपालगञ्जमा थप ६ जनामा कोरोना पुष्टि भएसँगै एकै दिन थपिए १५ संक्रमित

  1. खुल्ला सिमाना सधैको लागि बन्ध हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.