भारतमा अलपत्र नेपाली भोक भोकै अवस्थामा, उद्दार गर्न सरकारलाई आग्रह

डिसी नेपाल
२२ वैशाख २०७७ १२:०१

नयाँ दिल्ली। साझा अन्तर्राष्ट्रिय सद्भाव समूह भारतका संयोजक गंगाप्रसाद भट्टराईले भारतमा कोरोना त्रास र लकडानका कारण नेपालीहरु विभिन्न राज्यमा अलपत्र अवस्थामा भोक भोकै बस्नु परेको बताएका छन्।

आइतबार साझा अन्तर्राष्ट्रिय सद्भाव समूहले विज्ञप्ति जारी गर्दै नेपाल सरकार र भारतस्थित नेपाली दूतावासलाई अलपत्र परेका पीड़ितहरुलाइ उद्दारका लागि तत्काल कदम चाल्न अनुरोध गरेकाे छ।

भारतभर लाखौंको संख्यामा नेपालीहरु बस्दै आएका छन्। यहाँ कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या दिनदिनै बढिरहेको छ। पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसको संक्रमणबाट ८३ जनाको मृत्यु भएको छ भने २ हजार ६४४ जना संक्रमित भेटिएका छन्। संयोजक गंगा भट्टराईले डिसी नेपालसँग भने, ‘यस संकटको समयमा नेपालीहरुको गाँस बास असुरक्षित भएको छ। देश फर्किनु बाहेक अरु कुनै विकल्प छैन, तर यस समयमा आफ्नो घरले (नेपाल) नै घर भित्र जान नदिँदा जाने कहाँ?’  स्वस्थ्यको जाँच गरी सम्पूर्ण नेपाली पीडितहरुलाइ छिटो भन्दा छिट्टो देश फर्काउने दवाब दिएका छन्।

‘दिल्ली मुंबईसहित भारतका विभिन्न राज्यमा नेपालीहरु अलपत्र परेको ४४ दिन हुँदासम्म नेपाली दूताबासले कुनै पहल नगरिएको गुनासो आइरहेको छ। दूतवासले भारतमा अलपत्र परेका पीडितलाई आउँदो समयमा सरकारले गरेको निर्णय सम्मको जानकारी दिन सकेको छैन। कोरोनाको त्रासले प्रवासी  भोक भोकै त थिए तर अब मानसिक रुपले डिप्रेसन भएका छन्। यस्तो अवस्थामा पनि दूताबासले कुनै कदम नचाल्नु दुखद् पक्ष हो’, संयोजक  भट्टराईले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *