नेपालगन्जमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप, प्रहरीको गाडी तोडफोड, एक जना पक्राउ

डिसी नेपाल
२३ वैशाख २०७७ १३:५३

काठमाडौं । बाँकेको नेपालगन्जस्थित त्रिवेणी मोडमा स्थानीय बासिन्दाले प्रहरीमाथि आक्रमण गर्दा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ। लकडाउन उल्लंघन गरेका स्थानीयको भीडलाई हटाउन खोज्दा स्थानीयले प्रहरीमाथि आक्रमण गरेपछि झडप भएको हो।

प्रहरीले केही ब्यक्तिलाई लाठीले हानेपछि स्थानीय बासिन्दाले ढुंगा, मुढा गरेका थिए । प्रहीले निषेधाज्ञा जारी गरेपछि भीडभाड गरिरहेका व्यक्तिलाई हटाउन खोजेपछि उनीहरुबीच झडप भएको थियो। प्रहरी र आक्रोशित भएका स्थानीयबीच झडप हुँदा सथनीयले प्रहरीको सवारी साधनमा समेत तोडफोड गरिदिएका छन्।

स्थानीय प्रशासनले मंगलबार बिहान ११ बजेबाट लागु हुने गरी तिन दिनसम्मका लागि निषेधाज्ञा लागू गरेको छ। निषेधाज्ञाबारे नगरबासीलाई जानकारी दिन प्रहरीले बिहानैदेखी माइकिङ गरिरहेको थियो। माइकिङ गर्दै त्रिवेणीमोड पुगेको प्रहरीले केही स्थानीयको भिड लागेको देखेपछि सम्झाउन खोज्दा झडप भएको प्रहरी उपरीक्षक (एसपी) वीरबहादुर ओलीले भने।

उनका अनुसार माइकिङ गर्दै हिडेको प्रहरीको गाडीमा एक्कासी स्थानीयले ढुंगा, मुढा गरेपछि झडप भएको हो । सो क्रममा प्रहरीले एक स्थानीयलाई नियन्त्रणमा पनि लिएको बताइएको छ। झडपका क्रममा केही प्रहरी र स्थानीय बासिन्दा सामान्य घाईते भएका छन्। अहिले सो क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। दुई दिनदेखि नेपालगन्जमा पूरै सिलबन्दी गरिएको छ।

सोमबार साँझदेखि प्रहरीले बजार क्षेत्रमा कोही कसैलाई पनि बाहिर निस्कन दिएको छैन। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ महेन्द्रपार्कस्थित जोलहनपुर्वा टोलमा २२ जना कोरोना संक्रमित फेला परेपछि अहिले सो क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ। कुल ९४ जना ब्यक्तिको ‘स्वाब’ को पिसिआर परीक्षण गर्दा एउटै टोलका २२ जनामा कोरोना पोजिटिभ देखिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *